त्रिविमा प्राइभेट परीक्षा पनि सेमेस्टर प्रणालीमै हुने

254

काठमाडौं / त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा प्राइभेट परीक्षा पनि सेमेस्टर प्रणालीमा नै सञ्चालन गर्ने तयारी गरेको छ । प्राइभेट प्रणालीलाई पनि अब सेमेस्टर प्रणालीमा जस्तै ६/६ महिनामा परीक्षा लिने व्यवस्था गर्न लागेको हो । यद्यपि यस विषयमा त्रिविले निर्णय भने गरिसकेको छैन ।

त्रिविमा स्नातकोत्तर तहमा जनप्रशासन (एमपीए) र राजनीतिशास्त्र विषयमा प्राइभेट परीक्षाबाट डिग्री हासिल गर्न पाउने व्यवस्था छ । यी विषयमा विद्यार्थीले परीक्षा नियन्त्रण कार्यालयमा परीक्षा फारम भरेर नियमित कक्षाकोठामा नगइ वर्षमा एक पटक परीक्षा दिएर दुई वर्षमा स्नातकोत्तर तह उतीर्ण गर्न पाउने व्यवस्था थियो ।

स्नातकोत्तर तहमा सेमेष्टर प्रणाली सुरु भएपछि प्राइभेट परीक्षा बन्द गर्ने त्रिविको तयारी थियो । तर, विद्यार्थी संगठनहरुको दबाबपछि भने प्राइभेटमा पनि सेमेस्टर प्रणालीमा जस्तै ६र६ महिनामा परीक्षा दिने गरी सञ्चालन गर्न लागिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here