खुकुरीले घाँटी रेटिएको अवस्थामा युवती फेला

317

तेह्रथुम / तेह्रथुमको छँथर गाउँपालिका १ मार्गापोखरी नजिकै जंगलमा खुकुरीले घाँटी रेटिएको अवस्थामा एक युवती फेला परेकी छिन् । घाईते अवस्थामा फेला परेकी युवतीलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लािग बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

छँथर गाउँपालिका २ की ३० बर्षीय अविवाहित नमुना बोहोरा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक नारायण गौतमका अनुसार आईतबार राती छँथर गाउ“पालिका १ डङडङेका कमल शेर्पाको घरमा युवती बोहोरा र धनकुटाको छँथर जोरपाटी गाउँपालिका ३ का ४५ बर्षिय लीलावहादुर भण्डारीसँगै बास बसेका थिए ।

सोमबार विहानै उठेर दुवै जना नजिकै रहेको धार्मिक आस्थाको मार्गा पोखरी तर्फ लागेका थिए । प्रहरीले दुवै जना विबाह गर्ने सल्लाह अनुसार मार्गा पोखरी तर्फ गएको हुनसक्ने शंका गरेको छ । मार्गा पोखरी पुगे पछि दुवै जना विच आपसमा विवाद भएर घट्ना भएको प्रहरीले आशंका गरेको छ ।

मार्गा पोखरी नजिकै युवतीको झोला, युवकको चप्पल फेला परेका छन् । झोलामा सिन्दुर पोते पनि रहेको थियो । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।युवती बोहोराको अहिले चिन्ताजनक अवस्थामा उपचार भैरहेको प्रहरीले जनाएको छ । उनको घाँटीको अगाडीको नलीमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । उनी संगै रहेका भण्डारी भने विवाहीत रहेको र उनी अहिले फरार रहेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । पुर्बेली न्युज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here