‘साना सञ्चारमाध्यमलाई प्रोत्साहन गर्न आवश्यक’

69

घोराही, नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले जनताको आवश्यकताको समाचार दिनका लागि साना सञ्चारमाध्यमलाई प्रोत्साहन दिनुपर्ने बताएका छन् ।
पत्रकार महासङ्घ दाङको २६र्आैँ स्थापना दिवस कार्यक्रममा उनले प्रायःजसो ठूलो लगानीमा खुलेका सञ्चारमाध्यम व्यापारिक प्रयोजनका लागि प्रयोग भइरहेकाले ती सञ्चारमाध्यमले तल्लोस्तरका जनताका जनजीविकाका सवाललाई न्यायपूर्ण तरिकाले स्थान दिन नसकेको उल्लेख गरे ।
उनले ठूला सञ्चारमाध्यमले जनतालाई सुसूचित गर्नेभन्दा पनि जनतामा भ्रम सिर्जना गर्ने खालका विज्ञापनलाई प्राथमिकतामा राखेको दाबी गरे । शुरुदेखि नै राजनीतिक दलले सञ्चारमाध्यममा आउने आलोचनात्मक टिप्पणी सुन्न नसक्दा पनि सञ्चारमाध्यम र दलबीच द्वन्द्व सिर्जना भएको उनको धारणा थियो ।

कार्यक्रममा प्रेस काउन्सिलका पूर्वअध्यक्ष नारायणपसाद शर्माले पत्रकारले आफ्नो कतव्य बिर्सन नहुने र सधैँ रुपान्तरणको पक्षमा कलम चलाउनुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here