प्रहरीरुले ७७ जना पाकेटमार पक्राउ गर्न सफल

179

काठमाडौं प्रहरी परिसरले चलाएको पाकेटमार विशेष अपरेशनका क्रममा सुरेन्द्रबहादुरलाई लुट्ने पाकेटमारहरु समात्न सफल भएका छन् । पैसा निकालेको एटीएमकै फुटेजमार्फत प्रहरीले घटनामा संलग्नहरुलाई पक्राउ गरी रकम फिर्ता गराउन सफल भएको थियो ।
परिसरका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त लामाका अनुसार ‘घटनामा संलग्नसहित १५ मंसिरदेखि यता भएका लुटपाटमा संलग्न ७७ जनालाई पक्राउ गरेका छौं ।’
लामाका भन्छन, प्रहरीले सार्वजनिक यातायातमा हुने लुटपाट र पकेटमारीका घटनालाई नियन्त्रण गर्न ५० जना सादा पोशाकका प्रहरी नै खटाएकोले नगद, मोबाइल, गरगहना लगायत चोरी गर्दा गर्दै उनीहरुलाई रंगे हात पक्राउ गरिएको हो । पक्राउमा महिलाहरू समेत थिए ।
अनेक कोड भाषाहरुको प्रयोग
परिसरका अधिकारीहरुका अनुसार पाकेटमारीमा संलग्नहरुले विभिन्न सांकेतिक भाषाको प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ ।
परिसर प्रमुख लामा भन्छन, ‘सर्वाजनिक बसहरुमा २ र २ जनाका दरले ६ जनासम्मको समूह बनाएर बसभित्र छिरेर पैसा भएको यात्रु पत्ता लगाइ अगाडिपछाडिबाट घेराबन्दी गरी ठेलम ठेलको अवस्था बनाउने गरिन्छ ।’
त्यही मौकामा यात्रुको नगद र सरसामान चोरी हुने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । पकेटमारी गर्दा एक अर्कामा सांकेतिक भाषाको प्रयोग गर्ने गर्दछ ।
उनीहरुले पैसालाई ‘द’, मोबाइललाई ‘कान’, पीडितलाई ‘रामे’, पकेटमारी गर्नेलाई ‘मास्टर अथवा कासी’, पैसा धेरै भएको अवस्थालाई ‘टानको द’, पैसा थोरै हुँदा ‘जुटेको द’ भनेर सम्बोधन गर्ने गरेको प्रहरीको अभिव्यक्ति राख्नु भयो ।
त्यस्तै, गाडीलाई ‘काँचा’, केटालाई ‘छापा’, केटीलाई ‘भद्री’, प्रहरी आयोलाई ‘ठूल्दाइ आयो’, ड्राइभरलाई ‘माम’, खलासीलाई ‘मले’, गाडीबाट झरेर भागभन्दा ‘टप्की’, गाडीभित्र अगाडि सरभन्दा ‘अकल जा’ र गाडीभित्र पछाडि सर्न लगाउँदा ‘चिछल जा’ भन्ने गरेको प्रहरीले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here