प्रहरीलाई मात्रै औंला ठड्याउने काम भईरहेको महानिरीक्षक खनालको गुनासो

110

काठमाडौं / कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन अझै नसकेको भन्दै प्रहरीको आलोचना भइरहेका बेला प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध अनुसन्धानका लागि साधन, स्रोतको अभाव रहेको जनाएका छन् ।

महानिरीक्षक खनालले अपराध नियन्त्रणको काममा प्रहरीलाई मात्रै औंला ठड्याउने काम भईरहेको गुनासो पनि गरे ।

बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अपराध अनुसन्धानका लागि प्रविधिसहितका स्रोत, साधनको अभाव रहेको प्रतिक्रिया दिए ।

उनले पर्याप्त स्रोत, साधानको व्यवस्थापनमा ध्यान दिएर मात्रै अपराध अनुसन्धानको कामलाई प्रभावकारी बनाउन राज्यका सबै निकायको ध्यानाकर्षण गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here