सीटीईभीटीले ५६० विद्यार्थीलाई निःशुल्क पढाउने

294

काठमाडौं / प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले निःशुल्क प्राविधिक शिक्षा पढाउने भएको छ । सीटीईभीटीले
५६० विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा पढाउने भएको हो ।

सीटीईभीटीले देशभरका दलित, विपन्न र मुस्लिम समूदायका २ सय ८० छात्रछात्रालाई प्राविधिक एसएलसी र २ सय ८० जनालाई डिप्लोमा प्रमाणपत्र तहको शिक्षा अध्ययनका लागि परीक्षार्थी छनोट गर्न प्रवेश परीक्षाको आवेदन समेत खुल्ला गरेको हो ।

सीटीईभीटीले परीक्षार्थी छनोटका लागि खुलाएको प्रवेश परीक्षाको आवेदन विद्यार्थीहरुले पुस ३० गतेसम्म भरिसक्नुपर्नेछ भने प्रवेश परीक्षा आगामी माघ १२ गते हुने सीटीईभीटीले जनाएको छ । यसको पूर्ण विवरण सीटीईभीटीले प्रकाशित गरेको सूचना हेर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here