अमेरिका र नेपालबीच १६ वर्षपछि उच्चस्तरीय भेटघाट

68

काठमाडौ, नेपाल र अमेरिका दुई देशबीचको सात दशक लामो सहकार्य तथा साझेदारीलाई अझ फराकिलो र घनिष्ठ बनाउन सहमत भएका छन् । करिब १६ वर्ष पछि दुई देशका परराष्ट्रमन्त्रीस्तरीय भेटमा यस्तो सहमति भएको हो । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइकल रिचार्ड पम्पेओबीच मंगलबार अपरान्ह वासिङ्गटन डि.सी.स्थित स्टेट डिपार्टमेन्टमा द्विपक्षीय भेटवार्ता भएको हो ।

भेटवार्ताको अवसरमा नेपाल र संयुक्त राज्य अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा सहकार्यका विविध आयामहरूमा छलफल भएको छ । भेटमा परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल सरकारका प्राथमिकताहरू माथि प्रकाश पारेका थिए । सो अवसरमा उच्च स्तरीय भ्रमणहरूको आदान प्रदानको माध्यमबाट राजनैतिक सम्बन्धलाई बढावा दिने तथा व्यापार, लगानी र विकास सहायता जस्ता आर्थिक सहयोगको क्षेत्र अभिबृद्धि गर्ने विषयमा विचारहरूको आदान प्रदान भएको थियो । त्यसैगरी उनीहरुले नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेशन कम्प्याक्ट परियोजनाको शिघ्र कार्यान्वयन तथा यसका फाइदाबारे चर्चा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here