गृहमन्त्री बादलले गरे छोरामाथि कारबाही

89

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले आफ्नो सचिवालयबाट छोरा प्रतीकलाई हटाएका छन् ।

गृहमन्त्री थापाले छोरा प्रतिक थापालाई प्रमुख स्वकीय सचिवबाट नै हटाएर कारबाही गरेका छन् । छोरा प्रतिकबारे विभिन्न सञ्चारमाध्यममा आपत्तिजनक गतिविधिमा संलग्न भएको समाचार आएपछि बादलले छोरा प्रतिकलाई पदबाट हटाएको बुझिएको छ ।

अब गृहमन्त्रीको प्रमुख स्वकीय सचिवामा डा.प्रेम आलेलाई नियुक्त गरिएको जनाइएको छ ।

बादलको प्रमुख स्वकीय सचिवमा नियुक्त आले नवलपरासी निवासी हुन् । सुरक्षा विषयमा विद्यावारिधी डा.आले सुरक्षाबिज्ञसमेत मानिन्छन् । ब्रिटिश सेनामा ३० वर्ष काम गरेका उनी पछिल्लो समय सुरक्षा बिज्ञको रूपमा काम गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here