मृर्गाैला रोगी पिडित फोटोपत्रकार सहयोगार्थ सांस्कृतिक कार्यक्रम

544


मृर्गाैला रोगी पिडित फोटोपत्रकार आशाकाजी महर्जनलाई सहयोगार्थ भक्तपुरमा सांस्कृतिक नृत्य कार्यक्रम प्रस्तुति गरिने भएको छ ।

उपकार बचत तथा ऋण सहकारी संस्था र ज्यापु महागुठीको संयुक्त आयोजनामा त्यः छिं त्यः कार्यक्रम आयोजना गर्न लागिएको हो । योमरी पुन्ही तथा ज्यापु दिवसको अवसरमा गरिने यस सांस्कृतिक नृत्य  कार्यक्रममा समाज सेवीको रुपमा १० वर्षका साथै कलाकारितामा ५ बर्षदेखि अग्रसर इन्दु शाहीले नृत्य प्रस्तुत गर्ने भएका हुन् ।

पौष ७ गते शनिवार भक्तपुर मध्यपुर ठिमि स्थिति—६ बाहाखाबजारमा आयोजना गर्न लागिएको हो ।

सांस्कृतिक महासंघ, काठमाडौं जिल्ला सदस्यको रुपमा कार्यरत कलाकारद्धयले विगत केही महिना देखि मृगौला पीडित फोटो पत्रकार आशाकाजी महर्जनलाई थप उपचार गर्न आर्थिक समस्या भएकोले कार्यक्रममा  नृत्य प्रर्दशन गर्नुका साथैं आउँदा दिनहरुमा मानव सहयोगार्थ कार्यव्रmममा सांस्कृतिक कार्यक्रममा भाग लिने जानकारी गराउनु भयो ।

गोरखापत्र दैनिक, समाचार पत्र, कान्तिपुर, देखि नेपालभाषाबाट प्रकाशित हुने चर्चित पत्रिका विश्वभूमि तथा न्हूगु विश्वभूमिमा गरि दुई दशक भन्दा बढी योगदान दिनु भएको छ ।

काठमाडौं महानगरपालिका वडा नं. १३ बाफल चखुमार्ग निवासी महर्जनको स्वास्थ्य उपचारमा आर्थिक सहयोग गर्न इच्छुक महानुभावले तपसिल बमोजिमको मोबाइल नम्बरमा सम्पर्क गरी सहयोग गर्नुहुन अपील गरिएको छ ।

नृपेन्द्रलाल श्रेष्ठ, संयोजक ‘पत्रकार सहायता कोष’ ९८५१०९८०९५

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here