अन्यायमा पूर्व अधिराजकुमारी प्रेरणा, सर्वोच्चमा मुद्दा दायर

184

काठमाडौं / पूर्व अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहले शुक्रबार सर्वोच्च  अदालतमा आफू अन्यायमा परेको उल्लेख गर्दै वारेस राखेर रिट दायर गरेकी छिन् ।

प्रेरणाले आफूले दाइजो स्वरुप पाएको सम्पत्ति आफ्नै नाममा कायम गराउन  मुद्दा हालेकी हुन् ।

दुई वर्ष अघिको फैसलालाई अाधार मान्दै घर कम्पाउन्ड खाली गर्न ताकेता भएपछि प्रेरणाले सर्वोच्च अदालतको फैसला विरुद्ध सर्वोच्चमै मुद्दा हालेकी हुन् ।

दुइ वर्ष अघि तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीशहरु दीपक कार्की र सपना मल्लको इजलासले प्रेरणालाई दाइजोस्वरुप दिएको काठमाडौको छाउनीस्थित १५ रोपनी एक आना जग्गा सरकारी हुने फैसला गरेको थियो।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here