त्रिचन्द्र कलेजमा लागेको आगो बल्ल बल्ल निभाइयो

157

काठमाडौं – घणटघर अगाडि  रहेको त्रिचन्द्र कलेजमा लागेको आगो निभाइएको छ ।

आगो ताप्न बालेको दाउराबाट आगो बिजुलीको तारमा सल्किदा जनेरेटरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

जेनेरेटर जल्दा झण्डै १२ लाखको क्षति भएको प्रहरीले जनाएको छ । आगलागी दुई तला भएको भुइँ कोठामा लागेको प्रहरीले  जानकारी दिए ।

आगो नियन्त्रणका लागि महानगरपालिकाको दमकलको प्रयोग गरिएको थियो। आगलागीका कारण कुनै मानवीय क्षति नभएको महानगरिय प्रहरी वृत्तले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here