बाजुराका विद्यार्थीहरु चौरमा पढ्न बाध्य

24

बाजुरा– भगवती मावि बाह्रविस सेलापाखाका विद्यार्थी कक्षाकोठाको अभावमा चौरमा पढ्न बाध्य भएका छन् ।

विद्यालयमा निर्माण गरिएको चारकोठे भवन ठेकेदारले हस्तान्तरणमा ढिलाइ भएपछि विद्यार्थी चिसोको समय पनि खुला चौरमा पढ्न बाध्य भएका हुन् ।

बूढीगङ्गा नगरपालिका–१० मा रहेको उक्त विद्यालयमा कक्षा १० सम्मको पढाइ हुने गरेको छ । विद्यालयमा ५३० विद्यार्थी अध्ययनरत छन् । विद्यालय भवनसँगै बस्ने बेञ्च डेस्कको पनि अभाव रहेको छ । पुसको चिसोमा पनि खुला चौरमा बसेर पढ्नुपर्ने बाध्यताका कारण विद्यार्थी बिरामी भएका छन् । चारवटा कक्षाका विद्यार्थीलाई दैनिकजसो खुला चौरमा पढाउनुपर्ने हुँदा पठनपाठन कार्यसमेत प्रभावित भई रहेको विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर शाहले बताए ।

तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयको ३६ लाखमा निर्माण भएको भगवती माविको भवनको पहिलो किस्ताबाहेक बाँकी रकम कारणले ठेकेदारले ताला बन्दी गरेको छ । निर्माण खर्च नपाएसम्म भवन हस्तान्तरण नगर्ने अडानमा रहेका त्रिवेणी नगरपालिका–३ पूर्वूताका ठेकेदार खडक भण्डारी हाल भारतमा गएर बसेका छन् ।

ठेकेदारले हालसम्म चार लाख मात्र लिएको र बाँकी रकम मन्त्रालय नै नरहेपछि नआएको त्यहाँका स्थानीयवासी पारस रावलले बताउनु भयो ।
कामदार देखि अन्य सामग्रीको रकम तिर्न बाँकी रहेकाले लागत खर्च भुक्तानी नभएसम्म भवन नदिने ठेकेदारको अडान छ । भवन २०७३ सालमा निर्माण शुरु गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here