बृहत सांगीतिक कार्यक्रम सम्पन्न

159

श्री सिपातिनधारा जनता माध्यमिक विद्यालयको ७१ औं वार्षिकोत्सब कार्यक्रम ईन्द्रावती-९ भोटसिपा गाईखर्कमा बृहत सांगीतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भयो । समारोहमा अतिथीका रुपमा वरिष्ठ कवि, गीतकार, गजलकार, हाउकुकार एवं गायक सुरेन्द्र महर्जन ‘अमर’ गायिका संगीता रायमाझी, रितिका जिरेल, गायक सूर्य कमल राई, आसमान लोचन, रोशन कुमार श्रेष्ठ लगायतले कार्यक्रममा गीतहरू प्रस्तुत गरिएको थियो । गीतको ताल सुरमा बच्चादेखि बुढा बुढी सबै नाचेर रमाएको थियो ।
नृत्य लगायत अन्य विविध अन्य कार्यक्रमहरू पनि प्रस्तुत गरिएको थियो । विद्यालयमा अध्यन गर्ने छात्र छात्राहरूलाई नृत्य प्रस्तुत गरेपछि सिल र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा सुरेन्द्र महर्जन ‘अमर’ द्वारा लिखित पुस्तकहरू भाग्य .(गीतिनाटक), अनुष्का (उपन्यास), मिस्ड कल (उपन्यास), अदभूत (उपन्यास) लगायतका साहित्यिक कृतिहरू श्री सिपातीनधारा जनता माध्यमिक विद्यालयको पुस्तकालयको लागि उपहार स्वरुप ३ दर्जन पुस्तक प्रदान गएको थियो भने उपस्थित गाउँ पालिकाका सम्पूर्ण दर्शक स्रोताहरु सबैलाई साहित्यिक कृतिहरू प्रदान गरिएको थियो ।
श्री सिपातीनधारा जनता माध्यमिक विद्यालयको ७१औं वार्षिकोत्सबको अवसरमा छत्रलाल श्रेष्ठको सभापतित्वमा प्रमुख अथिती इन्द्रावती गाउँ पालिका का अध्यक्ष वंशलाल तामाङको उपस्थितिमा उपाध्यक्ष मिरा अधिकारी लामा र विद्यालयका प्रमुख अध्यक्ष श्याम रम्तेल लगायतको उपस्थितिमा महेन्द्र कुमार तामाङले कार्यक्रम संचालन गर्नु भएको थियो । एजुकेसन एण्ड लाइभ हुड-पाट्नर सिप (HELP) द्वारा विद्यालयमा अध्यनरत विद्यार्थीहरूका लागि झोला, कापी, पेन आदि सहयोग गरिएको थियो । प्लान इन्टरनेशनल नेपाल र नेपाल युथ फाउन्डेसनद्वारा २०७२ सालको भुकम्पपछि विद्यालय पुनः निर्माण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here