टोपी दिवस मनाइने

411

काठमाडौँ / जागरुक युवा अभियान नेपालले छैटौँ नेपाली टोपी दिवस भव्य रुपमा मनाउने भएको छ ।

सदाझै यसवर्ष पनि नेपाली टोपी दिवस ‘नेपाली टोपी हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका साथ मनाउन लागिएको हो ।विज्ञप्ति जारी गरी सदियौंदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यू चोलोलाई तत्कालीन नेपाल सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि अभियानले नेपाली टोपी (ढाका टोपी, भादगाउँले टोपी) लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउँदै छ ।

विश्वमा हरेक मुलुकको आ–आफ्नो मौलिक पहिचान रहेको हुन्छ । त्यसकारण हामी पनि राष्ट्रिय पहिचानको खोजीमा छौँं । त्यसका लागि हामीले विगत पाँच वर्षदेखि विभिन्न अभियान सञ्चालन गर्दै आइरहेको कुरा अवगत नै छ”– विज्ञप्तिमा भनिएको छ ।

प्रत्येक वर्ष अङ्ग्रेजी नयाँ वर्षका दिनलाई नेपाली टोपी दिवसका रुपमा मनाउने गरिँदै आएको छ । विगतदेखि नै नेपालीलाई चिनाउँदै आएको ढाकाटोपी र भादगाउँले टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न अभियानले माग गरेको छ ।

यसवर्ष पनि जनबरी १ ९पुष १७० का दिन बिहान ८ बजे काठमाडौँको माइतीघर मण्डलामा भेला भई प्रभातफेरी कार्यक्रम आयोजना गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here