कमेडीले भरिपूर्ण ‘गरुड पुराण’ को ट्रेलर सार्वजनिक

346

फिल्म ‘गरुड पुराण’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । फरक पृष्ठभूमीका पुरुष पात्रको दौडधुप ट्रेलरमा देखाइएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर कमेडीले भरिपूर्ण छ ।

ट्रेलरमा अभिनेता नाजिर हुसेन र कलाकार लुनिभा तुलाधरले बोल्ने ‘दर्शन’ शब्द दर्शकको मुखमा झुन्डिन सक्छ । नाजिरले फिल्ममा ब्यान्ड मास्टरको भूमिका निभाएका छन् ।

पारिवारिक प्रेमकथामा आधारित ‘गरुड पुराण’ का निर्देशक सुबास कोइराला हुन् । यसमा कर्मा शाक्य, प्रियंका सिंह ठकुरी, प्रविण खतिवडा, कामेश्वर चौरसिया, बसन्ध भट्ट, प्रकाश घिमिरे, जान्ह्वी बोहोरा, कमल देवकोटालगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय छ ।

ट्रेलर हेर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here