डिक्कीमा राखेर २४ लाख नेपाली रुपैयाँ ल्याउने दुई भारतीय पक्राउ

185

काठमाडौं – विराटनगर रोडशेष चोकबाट भारतीय नम्बर प्लेटको गाडीको डिकीभित्र राखेर लाखौं नेपाली रुपैयाँ ल्याउँदै गरेका दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भारतको विहार राज्य अररिया फारविसगन्ज ९ नयाँ टोलका २८ वर्षीय सनोजकुमार साह र फारविसगन्ज १६ का ५० वर्षीया सुशीलादेवी गुप्ता साह छन् ।

बीआर ३८ एच ६१४२ भारतीय नम्बरको मारुती सुजुकी कार चेकजाँचका क्रममा उनीहरुबाट नेपाली २४ लाख १५ हजार र भारतीय ४ हजार ९ सय रूपैयाँ बरामद भएको छ । उनीहरूले कारको पछाडि डिकीमा झोलाभित्र लुकाएर पैसा ल्याएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here