नेकपा स्थायी कमिटी बैठकमा सरकारको बचाउ गर्दै प्रचण्डले दिए यस्तो जवाफ

216

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी(नेकपा) स्थायी कमिटीको बुधबारको बैठक सकिएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले सबैका मुद्धा सम्वोधन गर्दै लगिने जनाउदै सरकार गठन भएको १ वर्ष पनि पुगि नसकेकाले अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको जनाउनु भएको छ ।

प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि आएका सुझाव र आलोचनाको आधारमा सकारात्मक पक्षलाई परिमार्जित प्रतिवेदनका रुपमा पारित गर्नुपर्ने जनाए ।यसले पार्टी एकतालाई थप बलियो बनाउने उनको धारणा थियो।

पार्टीले सरकारको विरोध गर्नु भन्दा सघाउनु पर्ने धारणा राख्दै घुमाउरो पारामा प्रचण्डले सरकारको बचाउ गरेका थिए । पार्टी एकता असाधरण एकता भएको र तल्लो तहसम्मको एकतामा ढिलाई भएको स्वीकारोक्ति प्रचण्डले गरेका थिए ।

स्थायी कमिटीमा सदस्यहरुले प्रतिवेदनमाथी उठाएको जवाफ दिदै उहाले स्थायी समिति सदस्यले उठाएका विषय जायज रहेकाले बिस्तारै सम्बोधन गर्दै जाने आश्वासन दिनुभएको जानकारी दिनुभयो ।

‘अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि केन्द्रित भएर, त्यसको सेरोफेरोमा रहेर बैठकमा व्यक्त स्थायी समिति सदस्यहरुको विचार र सुझाबलाई पनि ध्यान दिँदै आफ्नो विचार प्रकट गर्नुभएको छु,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो, ’ उहाँले पार्टी एकताको ऐतिहासिक महत्त्व, त्यसको वस्तुगत र आत्मगत पक्षको बारेमा विचारहरु राख्नुभएको छ ।’

यसैविच, आज अर्का अध्यक्ष केपी शर्मा ओलीले भने भोलीको बैठकमा धारणा राख्नुहुने भएको छ । भोली अध्यक्ष ओलीले धारणा राखेपछि प्रतिवेदन पारित गर्ने वा के गर्ने भन्ने टुंगो लाग्ने प्रवक्ता प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाई छ ।

बैठक भोली दिउसो ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको छ । यसैबीच नेकपाको संसदीय दलको बैठक आज बस्दैछ । दिउँसो २ बजे सिंहदरबारमा बस्ने बैठकमा पार्टीको नीति र सरकारको कामकारबाहीका बारेमा छलफल हुने नेकपाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here