मानवताबादी कलाकार इन्दु नेपालीले फोटोपत्रकारलाई आर्थिक सहयोग

99

काठमाडौं/मानवताबादी कलाकार इन्दु नेपाली विगत केही महिनादेखि किड्नी रोगबाट पीडित हुनु भएका अग्रज फोटोपत्रकार आशाकाजी महर्जनको उपचार्थ सहयोग हस्तान्तरण गरेकी छिन् ।

गत शनिवार भक्तपुरको मध्यपुर थिमी नगरपालिका बाहाखाबजारमा आयोजित सांस्कृतिक कार्यक्रममा विविध नृत्य गरेर संकलन भएको नगद ५ हजार पारिश्रमिक किड्नी रोगवाट पीडित फोटोपत्रकार महर्जनको उपचार्थ सहयोग गरेकी हुन्।
फोटोपत्रकार महर्जनको काठमाडौंको बाफलको चख्खुमार्ग स्थित निवासमा सोमवार पुगेर सहयोग हस्तान्तरण गरी मानवीय कार्यमा अग्रशर हुन सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहनीहरुलाई आह्वान गरेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here