इसाईहरुमाथि आक्रमण , चर्चहरु बन्द गर्दै चीन सरकार

184

चीन / इसाई धर्म चीनमा तीब्र रुपमा फैलिरहेको बेला चीनले इसाईहरुमाथि आक्रमण गरी धेरै चर्चहरु बन्द गराएको छ । गुप्त रुपमा क्रिश्चियनहरुमाथि दमन गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

केही समय अघि मुस्लिमहरुमाथि आक्रमण गरेको चीनको क्रिसमसको पूर्व सन्ध्यामा इसाई धर्ममाथि निशाना परेको हो ।

क्रिसमसको पूर्व सन्ध्यामा चेन्गदू प्रान्तमा रहेका सबै चर्चहरु बन्द गरिदिएको भारतको नवभारत टाईम्सले जनाएको छ । चीनका इसाई धर्मालम्बीहरुले सरकारी दमनबाट आफूहरु पछि नहट्ने जनाएका छन् ।

उनीहरुले सरकारले भन्यो भन्दैमा आफू धर्म नछाड्ने जनाएपनि सरकारले उनीहरुबाट खतरा देखेपछि यस्तो एक्सन चालेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । उनीहरुले सरकारले आफूहरुमाथि धरपकड गरेर आफ्नो धार्मिक भावना मार्न नसक्ने जनाएका छन् । यस अघि पनि धेरै मुसलमानहरुलाई हिरासतमा राखेको समाचार आईरहेको छ ।

न्यूयोर्क टाइम्समा छापिएको एक रिपोर्ट अनुसार गु बाओलुओ केही महिनादेखि चीनको सबैभन्दा ठूलो मानिने प्रोटेस्टेन्ट चर्चमा क्रिसमस सेलिब्रेशनको तयारीमा थिए । तर, डिसेम्बरको सुरुवातको एक दिन चीन सरकारले सो प्रार्थना स्थललाई बन्द गरिदिएको छ ।

चीनको सरकारले यही वर्ष नै बाइबलको अनलाइन बिक्रीमाथि प्रतिबन्ध लगाएको थियो । यो काम पनि इसाईहरुलाई राज्यको नियन्त्रणमा ल्याउने प्रयास स्वरुप नै भएको जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here