दीपक-दीपा दुई फरक टिमसँग सहकार्य गर्दै

244

दीपकराज गिरी-दीपाश्री निरौला र टिमले दुई फिल्म बनाउँदैछन् । आमा सरस्वती मुभिजले दुई फिल्ममा दुई फरक टिमसँग सहकार्य गर्दैछ । पहिलो ‘गाजलु’ निर्माता रोहित अधिकारीसँग हुनेछ भने दोस्रो हाँस्य टेलिसिरियल ‘भद्रगोल’ टिमसँग हुने भएको छ । ‘गाजलु’ निर्मातासँगको फिल्म दशैंमा ल्याउने तयारी भैरहेको छ । यस्तै, ‘भद्रगोल’ टिमसँगको फिल्म चैत अन्तिममा ल्याउने गृहकार्य भैरहेको छ ।

दीपक स्वयंले दुई फिल्मको एकसाथ कथा तथा पटकथा तयार पारिरहेका छन् । दुवै फिल्ममा ‘छक्का पञ्जा’ कै कलाकारहरुको अभिनय रहनेछ । ‘गाजलु’ निर्माताको एकल लगानी रहने फिल्ममा दीपकराज र केदार घिमिरे कलाकारको रुपमा फाइनल भइसकेका छन् ।

‘भद्रगोल’ टिमसँगको फिल्ममा भने ‘छक्का पञ्जा’ र ‘भद्रगोल’ का कलाकारहरु आमने-सामने हुनेछन् । लगातार ‘छक्का पञ्जा’ को तीन सिरिज जिम्मेवारी सम्हालेकी निर्देशन गरिसकेकी दीपाश्रीले नयाँ दुई फिल्ममा निर्माताको रुपमा मात्र रहने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here