प्रधानमन्त्रीले यस्तो प्रतिवद्धता जनाएपछि पास भयो राजनीतिक प्रतिवेदन

192

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन परिर्माजनसहित पास गरेको छ । शुक्रबार बिहान बसेको बैठकले प्रतिवेदन पास गरेको हो।

अध्यक्षद्धयले पेश गरेको प्रतिवेदन स्थायी समितिका नेताहरुले राखेको विचार र सुझावहरुलाई समेटेर परिमार्जनसहित पारित गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

मंसीर २९ गतेबाट सुरु भएको स्थायी समिति बैठकमा नेताहरुले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको र पार्टी एकीकरणको कामलाई अझै टुंगोमा पुर्‍याउन नसकेकोभन्दै पार्टी नेतृत्वको चर्को आलोचना गरेका थिए ।

सोही आलोचनाको विषयलाई समेत समेटने गरी राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरिएको हो । बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले नेताहरुको सुझावलाई समेटेर प्रतिवेदन परिमार्जन गर्ने प्रतिवद्धता जनाएपछि राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here