स्वास्थ्य सेवामा पहुँच र गुणस्तर सुधारका लागी कार्यक्रम शुरु

148

शंकर के सी

सल्यान / पिछडिएका र सेवाको अवसरबाट वञ्चीत रहेका समूहलाइ लक्षित गरेर सल्यानमा पाँच वर्षिय कार्यक्रम सुरु भएको छ । मातृ, नवजात शिशु, वाल तथा प्रजनन स्वास्थ्य सेवामा पहुँच पुर्याइ गुणस्तर सुधारका लागी ‘स्वास्थ्यका लागी सक्षम प्रणालि’ कार्यक्रम सुरु भएको हो ।

सल्यान सहित कर्णालि प्रदेशका सबै जिल्ला तथा प्रदेश ५ का दाङ, बाँके र बर्दियामा आगामी पाँच वर्ष सम्मका लागी कार्यक्रम शुरु भएको ‘स्वास्थ्यका लागी सक्षम प्रणालि’ कार्यक्रमका परिवार नियोजन तथा महिला, वालवालिका हेर्ने प्राविधिक अधिकृत अर्चना अर्यालले जानकारी गराइन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेश तथा स्थानिय सरकार संगको साझेदारि र युएसएआइडीको आर्थीक सहयोगमा विभिन्न ४ संस्थाले योकार्यक्रम कार्यान्वयन गर्नेछन् । कार्यक्रम कार्यान्वयन गर्ने संस्थाहरुमा एब्ड एशोसियट्स, सेभ द चिल्ड्रेन, कर्णालि स्वास्थ्य विज्ञान प्रतिष्ठान र म्यानेजम्यान्ट सपोर्ट सर्भिसेज रहेका छन् ।

प्राविधिक अधिकृत अर्यालका अनुसार शुरुमा विभिन्न पालिकाका स्वास्थ्य संस्थाको अवस्था पत्ता लगाएर आवश्यकता अनुसारको सहयोग यस कार्यक्रमले गर्ने छ । कपुरकोट गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेन लगायतलाइ कार्यक्रमको बारेमा जानकारी गराउँदै उनले भनिन्, ‘स्वास्थ्य सेवाको पहुँच रगुणस्तरमा सुधार ल्याउन हामीले विभिन्न कामहरु गर्नेछौँ । स्थानीय आवश्यकता अनुसारको व्यवस्थापनमा यस कार्यक्रमले जोड दिनेछ ।’

अहिले यस कार्यक्रमका लागी १३ जिल्लामा १० वटा टोलि खटिएका छन् । एक टोलिमा ३ जना प्राविधिक अधिकृतहरु रहेको सविता पोख्रेलले जनाइन् । यस कार्यक्रमले संघियतामा हुने स्वास्थ्य सेवा प्रणालिको परिवर्तनहरुको सन्दर्भमा स्वास्थ्य सेवा प्रणालि र सुशासनमा सुधार ल्याउने उद्देश्य रहेको पनि पोख्रेलले जानकारी दिइन् ।

नजिकमा स्वास्थ्य संस्था नहुनु, स्वास्थ्य संस्थामा पर्याप्त जनशक्ति तथा औषधि र श्रोत साधन नहुनु जस्ता कारणले ग्रामिण भेगका नागरिक समस्यामा पर्नेगरेका छन् । यद्यपि पछिल्लोे समय स्थानीय सरकारले स्वास्थ्य संस्था नभएका वडाहरुमा सामुदायीक स्वास्थ्य इकाइ स्थापना गर्ने, गाउँगाउँमा गाउँघर क्लिनिक स्थापना गरेर र करारमै स्वास्थ्यकर्मी भर्ना गरेर भएपनि स्वास्थ्य सेवा विस्तारको प्रयास गरेका छन् ।

यहि क्रममा सुरु भएको ‘स्वास्थ्यका लागी सक्षम प्रणालि’ कार्यक्रमले स्वास्थ्य संस्थाहरुलाइ सेवाग्राहिमुखि बनाउने अपेक्षा गरिएको छ । स्वास्थ्य सेवा पाउनका लागी अहिले समुदायले भोगीरहेका आर्थीक र सामाजिक व्यवधानहरुमा कमी आउने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here