इटालियन पेस्तोलसहित ४ जना पक्राउ

212

भक्तपुर / सशस्त्र प्रहरीले भक्तपुरको सल्लाघारीस्थित च्वंगा गणेश रेस्टेरेन्टबाट शनिबार एक थान इटालियन पेस्तोलसहित चारजनालाई नियन्त्रणमा लिएको छ ।

शनिबार दिउँसो साढे तीन बजे सल्लाघारीस्थित च्वंगा गणेश रेस्टुरेन्टमा हतियारसहितका व्यक्तिहरु बसेको भन्ने विशेष सूचना प्राप्त भए अनुसार सशस्त्र प्रहरी बलको भक्तपुर ब्यासीस्थित भक्तपुर औद्योगिक क्षेत्रमा रहेको २८ गुल्मबाट खटिएको सशस्त्र प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

सूचना पाउनासाथ गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक देवसिंह भाटको नेतृत्वमा खटिइ गएको टोलीले ती व्यक्तिहरुलाई इटालियन पेस्तोलसहित नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाशकुमार सुवेदीले जानकारी दिए।

गुल्मका प्रमुख गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक सुवेदीका अनुसार मुगु घर भइ हाल सुर्खेत बस्ने २२ वर्षीय भीमप्रसाद दाहाल, कालीकोट घर भइ भक्तपुर सल्लाघारी बस्ने २१ वर्षीय बलजीत शाही, २५ वर्षीय मोतीलाल शाही र १८ वर्षीय जगेश शाहीलाई नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिएकामध्ये मोतीलालको साथबाट मेड इन इटाली लेखिएको पेस्तोल एकथान, त्यसमा लाग्ने गोली पाँच राउन्ड र एक थान म्याग्जिन बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिए । उनले उनीहरुको साथबाट १२ हजार दुई सय एक रुपैयाँ र दुई थान मोबाइलसमेत बरामद भएको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here