नयाँ स्वास्थ्य नीति ल्याउँदै : उपप्रधानमन्त्री यादव

94

वीरगञ्ज । उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अहिले कायम रहेको स्वास्थ्य नीति त्रृटिपूर्ण भएकाले सरकारले नयाँ स्वास्थ्यनीति ल्याउने भएको छ ।

सङ्घीय प्रेस फोरम पर्साद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उपप्रधानमन्त्री यादवले, ‘उक्त नीति आएपछि प्रत्येक नेपाली नागरिकलाई आधारभूत स्वास्थ्यसेवा उपलब्ध हुनेछन् ।’ सरकारले प्रत्येक प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने, जनकपुर अञ्चल अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा विकास गर्ने, प्रादेशिक तालीम केन्द्र स्थापना गर्ने नीति लिएका छौं ।

सङ्घीय गणतन्त्रसँग मेलखाने गरी तथा सङ्घीयतालाई अगाडि बढाउन करीब ५६ वटा कानूनको संशोधन गरी नयाँ कानून बनाउनुपर्नेमा उपप्रधानमन्त्री यादवले जोड दिनु भयो ।

नेपालको भविष्य सङ्घीय प्रणालीमा आधारित भएकाले यो लक्ष्य प्राप्ति गर्नका लागि संविधान संशोधन आवश्यक रहेको छ । समृद्ध नेपाल बनाउन राष्ट्रिय एकतालाई भावनात्मक रुपमा विकास गर्नुपर्ने उनको भनाइ छ ।
उपप्रधानमन्त्री यादवले प्रदेश सरकारमार्फत स्थानीय तहलाई प्रादेशिक क्षेत्रको आधारमा विकास गरी अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै प्रदेश सरकार केन्द्रीय सरकारमाथि परनिर्भरता नभएर प्रदेशलाई आफैँ आत्मनिर्भर बनाउनु आवश्यक रहेको जनाउनु भयो ।

फरक प्रसङ्गमा उपप्रधानमन्त्री यादवले जनकपुरप्रति विभेद् नगरी वीरगञ्जलाई विकसित शहरको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । राजपासँगको पार्टी एकताबारे सोधिएको प्रश्नमा उनले छ जना अध्यक्ष भएकाले राजपाले एकरुपताको निर्णय गर्न नसकेको र खुट्टा तानातानको अवस्था रहेकाले एकताको कुरा अगाडि बढ्न नसकेको जनाउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here