‘सहिद ठुल कुमार स्मृति प्रतिष्ठान’ गठन

197

काठमाडौं / माओवादी जनआन्दोलनको क्रममा सहिद भएका ठुल कुमार श्रेष्ठको नाममा ‘सहिद ठुल कुमार स्मृति प्रतिष्ठान’ संचालन गर्ने तदर्थ समिति गठन भएको छ । कोटेश्वरको होटलमा नेत्र प्रसाद ढकालको अध्यक्षतामा तदर्थ समिति गठन भएको थियो ।

अध्यक्ष नेत्र प्रसाद ढकाल, उपाध्यक्ष राधा श्रेष्ठ थापा, सचिव भलकाजी गुरुङ, कोषाध्यक्ष लंक नारायण श्रेष्ठ र सदस्यहरु तेज कुमार श्रेष्ठ, नविन कुमार श्रेष्ठ, मनि राई, जीत कुमार राई र प्रेम बहादुर बानियाँ गरी नौं सदस्य समिति गठन गरिएको छ ।

त्यसैगरी प्रतिष्ठानलाई आवश्यक पर्ने आर्थिक संकलन गर्नको लागि मनि राईको संयोजकत्वमा चार सदस्यीय अर्थ समिति गठन गरिएको छ । अर्थ समितिमा संयोजक मनि राई, सह–संयोजक त्रिपु नारायण श्रेष्ठ, सदस्यहरुमा इन्द्र श्रेष्ठ र पारस श्रेष्ठ रहेका छन् ।

बैठकमा प्रतिष्ठानलाई आवश्यक पर्ने रकम संकलनका लागि भलकाजी गुरुङ र लंक नारायन श्रेष्ठको नाममा खाता खोल्ने समेत गरियो ।

पहिलो चरणमा जग्गा खरिद गर्ने निर्णय गरिएको छ । जसका लागि इन्द्र श्रेष्ठलाई जिम्मा समेत दिइएको समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here