सात सय थान न्यानो लुगा वितरण गर्दै लायन्स-लियो क्लब र भिजन पोलीक्लिनिक

266

काठमाडौं / लायन्स क्लब अफ काठमाण्डु लर्ड बुद्ध र लियो क्लब अफ काठमाण्डु लर्ड बुद्धको संयुक्त आयोजनामा उदयपुरको कटारी नगरपालिका १० सोरुङछविसे चिप्टारका विपन्न परिवारलाई सात सय थान न्यानो लुगा वितरण गरिएको छ ।

सोरुङ्गछबिशे चिप्टारमा रहेको श्री सँखबेल निम्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमध्ये आर्थिकस्तर कम्जोर भएका विधार्थीहरुलाई एक सय ५० थान पोशाक र एक सय ५० थान झोलासहित बालबालिकाहरुलाई निस्शुल्क स्वास्थ्य परिक्षण गरि औंषधी वितरण गरिएको लायन्स क्लबका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जनाए ।

गत पुस ८ गते लायन हरि अधिकारीको संयोजकत्वमा आयोजना गरिएको कार्यक्रममा भिजन पोलीक्लिनिकका संचालक लायन हिमाल श्रेष्ठका डाक्टर समूहसहित बहुप्रतिभाशाली गायक तथा मोडेल मनीष श्रेष्ट, लियो क्लब अफ काठमाण्डु लर्ड बुद्धका अध्यक्ष सबिना भण्डारी, लक्ष्मी कट्टेल, अनिता केसि, ओमबहादुर ढेगा मगर, हेम साउद, रत्न तण्डुकार, आयुष्मा भेटवाल, सन्ध्या साउद, प्रेक्षा खड्का र प्रतिका कोइरालाको उपस्थिति रहेको अध्यक्ष भण्डारीले जनाए ।

सरकारले निस्शुल्क स्वास्थ्य, शिक्षा उपलव्ध गराउनुपर्ने तर अहिले सरकारले स्वास्थ्य, शिक्षा क्षेत्रमा कुनै चासो देखाएको देखिदैनन् । तर पछिल्लो समयमा लायन्स क्लब जस्ता अन्य विभिन्न संस्थाहरु यस्ता सामाजिक कार्यहरुमा निकै नै सक्रिय देखिन्छन् ।

लायन्स क्लब अफ काठमाडौँ लर्ड बुद्ध तथा लियो क्लब अफ काठमाडौँ लर्ड बुद्धले पछिल्लो समयमा विभिन्न विकट क्षेत्रहरुमा रक्तदान तथा मुटु रोगहरु सम्बन्धि निस्शुल्क स्वास्थ्य शिविरहरु गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here