कर्मचारी समायोजन अध्यादेश २०७५ बहुमतले स्वीकृत

110

काठमाडौं / सरकारले पेश गरेको कर्मचारी समायोजन अध्यादेश २०७५ लाई पास गरेको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले कर्मचारी समायोजन अध्यादेश २०७५ लाई बहुमतले पास गरेको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अध्यादेश स्वीकृतका लागि राखेको प्रस्ताव बहुमतले पास भएको हो। उनले अध्यादेश पुर्णत संविधानतः आएको दाबी गर्दै राष्ट्रसेवक कर्मचारीको वृद्धि विकासलाई नरोक्ने जनाए। उनले प्रस्तुति र अन्तरवस्तुका दृष्टिले अध्यादेशमाथि शंका गरिरहनु पर्ने अवस्था नरहेको जिकिर गरे।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले अध्‍यादेशको विरोधमा सूचना जारी गरे पनि कांग्रेसका सांसदहरु अलमलमा परेका थिए। उनीहरु कतै पनि मतदान गरेनन्। उनले अध्यादेश प्रस्तुत गर्ने तरिकामा मात्रै नभएर अध्यादेश भित्रका प्रावधानमा पनि समस्या देखिएको दाबी गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here