घुससहित प्रशिक्षक पक्राउ

223

काठमाडौं/घरेलु तथा साना उद्योग कार्यालय, काठमाडौंका प्रमुख प्रशिक्षक सरिफा पन्तसहित दुईजना पाँच हजार घुससहित पक्राउमा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिएको टोलीले सेवाग्राहीसँग घुस रकम लिएको सूचनाका अधारमा पन्त र अर्का एकजना विचौलिया खगेन्द्र बोहोरालाई पक्राउ गरेको हो ।

पन्तले सोही कार्यालयमा विचौलियाको काम गर्ने खगेन्द्रले काम गराइदिने भन्दै सेवाग्राहीबाट घुस लिएको अख्तियारले जनाएको छ ।

उनीहरूले घरेलु उद्योग दर्ताको लागि घरधनीको नागरिकता प्रमाणपत्र नरहेकोले लाहाछाप लगाउने उद्योगको अनुमति दिन नमिल्ने भन्दै स्रवाग्राहीबाट घुस लिने गरेको जानकारी प्राप्त भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here