जहाज प्रकरणबारे केही नबोलेका प्रधानमन्त्रीले आज संसद बैठकमा सम्बोधन गर्ने

194

 काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहीबार संसद बैठकमा सम्बोधन गर्ने भएका छन् । संसद बैठक दिउँसो १२ बजेका लागि तोकिएको छ र बैठकमा प्रधानमन्त्रीको सम्बोधन दिउँसो १ बजेतिर हुने गरी तयारी भएको संसद सचिवालयले जनाएको छ ।

वाइड बडी विमान काण्डबारे सार्वजनिक रुपमा केही नबोलेका प्रधानमन्त्री ओलीले आजको संसद बैठकमा हुने सम्बोधनको क्रममा यसबारे बोल्ने जनाइएको छ ।

लेखा समितिले गठन गरेको उपसमितिले वाइड बडी जहाज खरिदको क्रममा चार अर्ब ३५ करोड ५६ लाख बराबरको आर्थिक अनियमितता भएको निष्कर्षसहितको प्रतिवेदन बुधबार समितिको बैठकमा पेश गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here