रेशमको सपथ स्वाभाविक : सरकार

140

काठमाडौं/सरकारले जनताले जिताएरका रेशम चौधरीको सपथ स्वाभाविक भएको टिप्पणी गरेको छ ।

टीकापुर घटनाका मुख्य अभियुक्तका रुपमा पुर्पक्षका लागि थुनामा रहेका चौधरीले बिहीबार मात्र सपथ लिएका थिए ।

यसबारे सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले भने, ‘टीकापुर घटना सबैलाई थाहा छ । कानुनअनुसार चुनाव लड्नुभयो, जनताले जिताएपछि सपथ स्वभाविक हो ।’

यद्यपि सरकारले न्यायिक निरुपणको विषयलाई राजनीतिसँग नजोड्न उनले प्रष्ट पारे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here