चरेस सहित भारतीय नागरिक पक्राउ

202

काठमाडौं– नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले २३५ केजी प्रतिबन्धित लागूऔषध (चरेश) सहित दुई जनालाई पक्राउ गरेको छ ।

भारतीय नागरिक सत्यन्द्र सिंह बेघल र पर्सा सोनबर्षा–५ स्थायी घर भएका लाल महम्मद गद्दी पक्राउ परेका छन् ।

काठमाडौंबाट भारततर्फ जाँदै गरेको ‘एचआर ३८ एस ९३७१’ नम्बरको भारतीय कन्टेरमा लुकाई छिपाई लादै गर्दा धादिङको गजुरीबाट उक्त परिमाणको चरेश बरामद गरिएको ब्युरोले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

धादिङ र मकवानपुरका पहाडी क्षेत्रमा उत्पादन हुने चरेशको बजार मूल्य प्रतिकेजी २० हजार देखि ३० हजार रुपैयाँ बिक्री हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here