‘को बन्छ करोडपति’ मोबाइल एप सार्वजनिकः प्रयोगकर्तालाइ उपहारै उपहार !

169

 काठमाडौं / अन्तराष्ट्रिय फ्रेन्चाइज ‘हु वन्ट टु बी अ मिलीनियर’ को नेपाली सँस्करण ‘को बन्छ करोडपति’को मोबाइल एप सार्वजनिक भएको छ । विभिन्न पुरस्कारहरु जित्नकालागि प्रयोगकर्ताले ‘केबीसी नेपाल’ एप डाउनलोड गर्नुपर्ने हुन्छ । मोबाइलको एप स्टोरमा गएर केबीसी नेपाल टाइप गरेर मोवाइलमा एप डाउनलोड गर्न सकिन्छ ।

कोकाकोलाको मुख्य प्रायोजनमा एक महिनाभित्रै एपि वन टेलिभिजनमा सुरु हुन गएरहेको अन्तराष्ट्रिय गेम शो मोबाइल एप मार्फत पनि टिभिको जस्तै ढाँचामा खेल्न सकिने बनाइएको छ । एसआरबिएन मिडियाको उत्पादनमा बन्न लागेको यो कार्यक्रम एपिवान टेलिभिजनले भित्र्याएको हो । प्रशारण हुनु अगावै नै मोबाइल एप भने सार्वजनिक भैसकेकाले एप मार्फत तयारी थाल्न सकिने भएको छ ।

मनोरञ्जन र ज्ञान एकैसाथ पाइने गरि बनाइएको मोबाइल एपमा पनि विभिन्न विधाका प्रश्नहरु भीन्न भीन्न ढाँचामा खेल्न सकिने छ । एपमा पनि ‘फास्टेस फिंगर फस्ट’ लगायतका सबै विधाका प्रश्न समावेश छन् । प्रायोजित क्विजको पुरस्कारमा भने केही सर्तहरु लागु हुनेछन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here