नरेन्द्र मोदीको जीवनकथामा फिल्म बन्ने, मोदीको भूमिकामा अभिनेता विवेक

100

बलिउडमा पछिल्लो समय विभिन्न व्यक्तिको जीवनकथामा बायोपिक बनाउने लहर नै चलेको छ। लोकसभा चुनावलाई ध्यान दिंदै राजनीतिक विषयको फिल्म बनाउने माहौलमा अर्को नेताबारे फिल्म बनाउने घोषणा गरिएको छ।

पछिल्लो केही महीनादेखि चलिरहेको बजार हल्लालाई सत्य साबित गर्नेगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक फिल्म बन्ने कुरा पुष्टि भएको छ। मोदीको भूमिकामा अभिनेता विवेक ओवराय देखिने भएका छन्।

ओमंग कुमारले निर्देशन गर्ने फिल्मको फस्ट लुक पोस्टरको ७ जनवरीमा सार्वजनिक हुने बताइएको छ। पोस्टर सार्वजनिकीकरण महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडनवीसले गर्नेछन्।

खबरअनुसार, यो बायोपिक फिल्मले प्रधानमन्त्री मोदीको एक ‘चायवाला’ देखि सफल राजनीतिज्ञ हुँदै भारतका प्रधानमन्त्री बन्दासम्मको यात्रा देखाउनेछ। भारतीय वेबसाइट बलिउड हंगामा डटकमका अनुसार, फिल्म निर्माण टोली तीन वर्षयता फिल्मको तयारीमा जुटेका थिए।

फिल्ममा मोदीको भूमिकामा अनुबन्धित विवेक ओवराय चरित्रलाई सजीव रुपमा प्रस्तुत गर्न विभिन्न लुकको परीक्षण क्रममा छन्। उनी फिल्ममा फरक-फरक हुलियामा देखिनेछन्। आफ्नो भूमिकालाई न्याय गर्न उनी एउटा कार्यशालामा पनि भाग लिनेछन्।

फिल्मको सुटिङ यही जनवरीदेखि नै शुरु हुने र निर्माण टोलीले फिल्मको रिलिज मिति पनि चाँडै तय गर्ने अपेक्षा गरिएको छ।  एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here