बीपीएल क्रिकेटमा सन्दीप चम्किए

124

नेपाली लेग स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटमा पनि चम्किएका छन् ।

आइतबार सिलेट सिक्सर्सबाट बीपीएल खेलेका सन्दीपले आफ्नो डेब्यु खेलमै दुई विकेट लिन सफल भएको छ । बिग ब्यास लिग क्रिकेटबाट बिचैमा छोडेर बंगलादेश प्रस्थान गरेका सन्दीपले पहिलो खेलमा कोमिला भिक्टोरियन्सविरुद्ध दुई विकेट लिन सफल भयो । पूरै चार ओभर बलिङ गर्दै मात्र १६ रन खर्चेर दुई विकेट लिएका थिए ।

सन्दीपले विकेट लिने क्रममा सोयब मलिकलाई १३ रनमा आउट गराएका थिए भने, सन्दीपले एनामुल हकलाई पाँच रनमा आउट गराएका थिए । टस हारेर ब्याटिङ गरेको सिलेट सिक्सर्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२७ रन बनाएपछि कोमिला भिक्टोरियन्सले १२८ रनको चुनौती पाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here