रविसंग विवाह भएको झुटो चर्चाप्रति निकिताको खरो टिप्पणी

254

गत मंसिरमा रवि लामिछानेको अमेरिका बस्दै आएकी जेठी श्रीमती इशासँग कानुनी रूपमा डिभोर्स भएको खबर बाहिर आएपछी अझै बढी चर्चामा आएका चर्चित पत्रकार रवी लामिछाने र चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलले आफुहरु राम्रो साथी मात्र भएको जनाएका छन् ।

शुक्रवार एक्कासी मिडियामा आफुहरुको विवाह भएको भन्ने खबरहरु बाहिरिएपछी उनीहरुले कुरा गर्दै भने, ‘हामीहरु राम्रो साथि मात्रै हौँ ।’‘उहाँको पनि भर्खरै डिभोर्स भएको र मेरो पनि डिभोर्स भएको केही महिना मात्र भएका कारण यो हल्ला बाहिरिएको हो । अर्को कुरा हामी एकै अपार्टमेन्टमा बस्छौँ । फ्लोर फरक छ । छिमेकी भएपछी देख भेट नहुने कुरा भएन ।

तल माथी हुँदा देख भेट हुन्छ नहुने होइन । हाम्रो राम्रोसंग चिनजान भएको भर्खरै १(२ महिना मात्र भयो होला । पहिला पत्रकार रवी लामिछाने भनेर चिन्थेँ अहिले हामी राम्रो साथि हौँ । रवी जीको भलो नचाहनेहरुले उहाँलाई नराम्रो देखाउन यो कुराहरु गरेका हुन् जस्तो मलाई लाग्छ’, अध्यक्ष पौडेलले भनिन् ।

रवी जिको पुर्व पत्नीलाई आफुले अहिले सम्म केही नभनेको र उनी को हुन् भनेर नचिनेको पौडेलको भनाई थियो । पौडेलले भनिन्,’नाम थाहा थियो तर उहाँसँग मेरो देख भेट या कुराकानी भएको छैन ।

यता रविले पनि आफूहरु राम्रो साथी मात्र भएको भन्दै यसबारेमा बिहे नै भएको भन्ने कुरा सत्य होइन भनेका छन् । उनले भने, ‘निकिता जी र म राम्रो साथी हौँ । हामि निकै नजिक छौँ । बिहे नै भएको भन्ने कुरा त कि निकिता जी ले भन्नु पर्यो कि मैले । हामी दुवैले भनेका छैनौँ । मलाई चाहनेहरु, मेरो शुभचिन्तकहरुको ध्यान डाइभर्ट गर्नका लागि नियोजित ढंगबाट ती समाचारहरु आएका हुन् । यदी बिहे नै गर्ने हो भने भनेरै गर्छौँ । लुकाउन आवश्यक केही छैन । म सार्वजनिक व्यक्ति हुँ आफ्नै काममा ब्यस्त छु । मैले बाँकी मेरो कुराहरु मेरो फेसबुक स्टाटसमा लेखेको छु । त्यही नै सत्य हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here