टिकापुर घटनाका पीडित प्रहरी पत्नीहरुको गुनासो-अब न्याय पाउने आशा हरायो !

70

 काठमाडौं / टीकापुर थरूहट आन्दोलनका क्रममा मारिएका प्रहरीका पीडित पत्नीहरु घटनाका मुख्य अभियुक्त चौधरीले शपथ ग्रहण गरेपछिे न्याय पाउने आशा मरेको जनाउँदै सरकारले पीडितलाई न्याय दिनुको सट्टा अपराधीलाई फूलमाला लगाएर जेलमुक्त गर्न खोजिरहेको जनाएका छन् ।

हाल काठमाडौं वनस्थलीस्थित आफ्नै घरमा बस्दै आएका टीकापुर घटनामा मृत्यु हुने सात प्रहरी अधिकारीमध्ये मृतक प्रहरी निरीक्षकीश्रीमती शारदा बोहराले बिहीबार टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीले सांसदको शपथ लिएको कुरा थहापाएपछि आफूले न्याय पाउने आश मरेको जनाइन् ।

‘हामी तीन वर्षदेखि न्यायको खोजीमा थियौँ। अझ प्रहरी संगठनले न्यायका लागि पहल गर्ला भन्ने आश थियो’, शारदाले भनिन्। तर एक्कासि मुख्य अभियुक्त चौधरीलाई फूल माला लगाएर शपथ ग्रहण गराइयो। शपथबारे प्रहरी संगठनले विज्ञप्तिसमेत निकाल्न सके न। ‘अब के न्यायको आश छ र१ सरकार र प्रहरी संगठनबाट’, उनले दुखेसो पोखिन्, ‘हाम्रो अभिभावक जस्तो हो प्रहरी संगठन तर प्रहरी संगठनबाट समेत त्यो अनुभूति पाइएन।’ उनले यही शैलीले न्याय पाऊँला भन्ने आश मरेको तर अन्तिम अवस्थासम्म न्याय का लागि अन्तर्राष्ट्रिय अदालतसम्म पुग्ने जनाइन्।

उनी मात्र होइन, टीकापुर घटनामा ज्यान पुगाउने अन्य प्रहरी अधिकारीका परिवारका पीडा र दुखेसो पनि शारदाका जस्तै छन्। टीकापुर घटनामा ज्यान गुमाउने अर्का प्रहरी निरीक्षक हुन्, बलराम विष्ट। टीकापुरमा मारिएका तत्कालीन प्रहरी निरीक्षक बिष्ट टीकापुर मा मारिएका तत्कालीन प्रहरी निरीक्षक बिष्ट विष्टका तीन छोरी, एक छोरा र श्रीमती छन्। उनीहरू पनि न्याय पाउने आशमा न्यायको बाटो कुरिरहेका थिए तर बिहीबारबाट भने न्याय पाउने आश मरिसकेको विष्टकी श्रीमती मन्धरा विष्टको भनाइ छ। ‘हामी न्यायको आशमा बसिरहेका छौँ, सरकार पीडितलाई न्याय दिनुको सट्टा अपराधीलाई फूलमाला लगाएर जेलमुक्त गर्न खोजिरहेको छ।

अब न्यायको आश हामीले कोबाट गर्ने रु’, उनले भनिन्। टीकापुर घटनामा प्रहरी जवान नेत्रबहादुर साउदका दुई वर्षीय छोरा टेकबहादुर साउदको समेत मृत्यु भएको थियो। उनका बाजे जंगबहादुर साउद सरकारले मान्छे मार्ने अपराधीलाई बचाउन खोजे पनि न्या यालयले न्याय दिनेमा आशावादी रहेको बताउँछन्। ‘सरकारबाट न्याय पाउने आश मर्‍यो, पीडितलाई न्याय दिनुको सट्टा सरकार अपराधी बचाउन लागिपर्‍यो’, उनी भन्छन्, ‘यो सरकार जनताका लागि बनेको होइन भन्ने कुरा प्रमाणित भयो।’ रेशम चौधरीको बिही बार शपथ ग्रहण भएको थियो।

सिंहदरबारस्थित संघीय संसद सचिवालयमा चौधरीलाई दिउँसो ३ बजे शपथ ग्रहण गराएका थिए। उनले थारू भाषामा शपथ लिएका थिए।

टीकापुर घटनामा एसससपी लक्ष्मण न्यौपानेसहित सात जना प्रहरी अधिकृतको ज्यान गएको थियो भने नेत्रबहादुर साउदका दुई वर्षीय छोरा टेकबहादुर साउद पनि मारिएका थिए। टीकापुर काण्डमा संलग्न भएको अभियोगमा रेशम चौधरीसहित ५८ जनाविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here