संसद बैठकमा बोल्न नदिने सभामुखमाथि कांग्रेसको आक्रोश

105

काठमाडौं / समाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनपछि सभामुख कृष्णबहादुर महराको र अराजकता देखाएको भन्दै कांग्रेस सांसदको व्यापक आलोचना भइरहेको छ ।

नेपाली कांग्रेसले आइतबारको संसद बैठकमा प्रधानमन्त्री ओलीको सम्बोधनपछि प्रश्न गर्न पाउनुपर्ने माग गरेर नाराबाजी गरेको छ ।

साभामुख कृष्णबहादुर महराले बैठकमा प्रधानमन्त्री ओलीको सम्बोधनपछि प्रश्न गर्न पाउनुपर्ने माग गरेको कांग्रेसलाई बोल्न समयदिँदा दिँदै पनि नेपाली कांग्रेसका सांसदले बोलेनन् ।

महराले बैठकमा प्रधानमन्त्रीको सम्बोधन सवालजवाफका लागि नभएको भन्दै सीमित सांसदलाइ मात्र प्रश्न गर्न दिने जनाएका थिए । महराले सर्वप्रथम कांग्रेसका डा.मिनेन्द्र रिजाललाइ बोल्न समय दिएका थिए । तर रिजालले बोल्न मानेनन् भने कांग्रेस सांसदले नाराबाजी र होहल्ला गरिरहे ।

त्यसपछि सभामुख महराले शून्य र विशेष समय अन्त्य गरेर कार्यसूचीमा प्रवेश गरे भने कांग्रेस संसदहरूले कुर्सीबाट उठेर रोष्ट्रम घेरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here