म्यानचेस्टर सिटीले रोदरह्याम युनाइटेडलाई फराकिलो अन्तरले पराजित

94

एजेन्सी/म्यानचेस्टर सिटीले एफए कप फुटबलको तेस्रो चरणको खेलमा रोदरह्याम युनाइटेडलाई फराकिलो अन्तरले पराजित गर्दै चौथो चरणमा प्रवेश गरेको छ ।

आइतबार आफ्नै घरेलु मैदानमा भएको खेलमा सिटीले रोदरह्याम युनाइटेडलाई ७–० गोल अन्तरले पराजित गरेको थियो । सिटीको जितमा रहिम स्ट्रलिङ, फिल फाडेन, ग्याब्रियल जिसस, रियाद महरेज, निकोलस ओटामेन्डी र लोरी सानेले गोल गरेका थिए । त्यस्तै, रोदरह्यामका सेमी अजयीले आत्मघाती गोल गर्दा सिटीले उपाहार स्वरुप एक गोल पाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here