नगद भन्दा अनलाइन भुक्तानीलाई प्राथमिकता

41

सियोल / दक्षिण कोरियाको राजधानी सियोल निवासी एक अधबैंसे महिला स्टारबक्समा कफी पिउन प्रवेश गरिन् । कफीको पैसा तिर्न खोज्दा क्यासियरले लिन मानेनन् । उनले ती महिलालाई ढोकामा टाँसिएको सूचना पढ्न अनुरोध गरे ।

‘बुझ्नु भो, यो रेष्टुराँले नगद लिन छाडिसकेको छ । तपाइँले भुक्तानीका लागि क्रेडिट कार्ड, डेबिट कार्ड वा हाम्रो मोबाइल कार्डको प्रयोग गर्न सक्नुहुन्छ,’ क्यासियरले जनाए । आश्चर्यचकित ती महिला केही क्रुद्ध पनि भइन्, तर अन्ततः आफूसँग भएको प्लास्टिकको कार्डबाट भुक्तानी गरिन् ।

राजधानीमा खुलेका स्टारबक्सका धेरै कफी पसलमा भुक्तानी गर्ने यो तरिकाका बारेमा ग्राहकसँग झगडा भइरहन्छ । विश्वप्रसिद्ध यो अमेरिकी कफी पसलको कोरियाली इकाईले गत वर्षको शुरुदेखि आफूलाई ‘नगदविहीन स्टोर’मा परिणत गरेको छ ।

स्टारबक्स कफी कोरिया कम्पनीले तीन प्रमुख स्थानमा नमूनाका रुपमा यो व्यवस्था लागू गरेको छः सियोलको गङनाम र गुरो, र राजधानीबाट केही दक्षिणमा रहेको पान्ग्यो । यी स्थानमा नगदविहीन भुक्तानी विधि सन् २०१८ को अप्रिलबाट प्रारम्भ गरिएको छ ।

स्टारबक्स कोरियाका अनुसार, कफीका लागि सन् २०१० मा ३० प्रतिशत भुक्तानी नगदमै हुने गरेको थियो, तर सन् २०१७ मा यो ७ प्रतिशतमा आइसकेको थियो ।

‘ठूलो संख्याका कोरियाली उपभोक्ताले क्रेडिट कार्ड र अरु किसिमका मोबाइल कार्डबाटै भुक्तानी गर्न रुचाएका छन्,’ स्टारबक्स कोरियाका प्रमुख कार्यकारी अधिकृत ली सिओक–कूले जनाउनुभयो ।

स्मार्टफोन प्रयोगमा रमाउने युवायुवतीले त यो व्यवस्थालाई अझ बढी रुचाएका छन् ।

कोरिया केन्द्रीय बैंक ९बीओके०को हालैको तथ्याँकले के देखाएको छ भने ली औसत दक्षिण कोरियाली मात्र हुन् । सन् २०१७ मा ग्राहकले खरिद गरेका करिब २० प्रतिशत सामानको भुक्तानी मात्र नगदमा भएको थियो । अघिल्लो वर्ष यो २६ प्रतिशत थियो ।

यसबाहेक, धेरै मानिसले प्लास्टिक कार्डको प्रयोग गर्न रुचाएका छन् । कतिपयले सामान किन्न र सार्वजनिक यातायातमा सामसुङ पे वा काकाओ पे जस्ता मोबाइल भुक्तानी सेवाको प्रयोग गर्न थालेका छन् । युवाबीच मोबाइल रेमिट्यान्स सेवा पनि व्यापक प्रयोग हुन थालेको छ ।

केन्द्रीय बैंकले नयाँ मुद्रा उत्पादन गर्ने लागत बढ्दै गएपछि बजारबाट नगदलाई विस्तारै विस्थापित गर्न नगद विहीन योजनालाई प्रबद्र्धन र प्रोत्साहित गरिरहेको छ ।

‘नगद विहीन समाजले पारदर्शिता, सुरक्षा, प्रभावकारिता बढ्नुका साथै भुक्तानीमा सहजता आउँछ,’ केबी रिसर्चको एक अध्ययनमा उल्लेख छ । ‘खासगरी, नगद विहीन भुक्तानी विधिले वित्तीय कारोबारलाई अझ बढी पारदर्शी बनाउँछ र लुकिछिपी कारोबारलाई न्यून गर्दछ ।’

व्यवसायी र उपभोक्ता दुवैका निम्ति नगद विहीन खरिदले कारोबारको समय घटाउँछ र नगद बोक्दा हुने जोखिमहरु जस्तै चोरीलाई न्यून गर्दछ ।

तैपनि, नगद नै देख्न नपाइने कारोबारको सम्भावना अझै पनि कमै छ । कतिपय अवस्थामा हालको भुक्तानी नेटवर्क (सञ्जाल) को सुरक्षामाथि प्रश्न पनि उब्जिरहेको छ । साथै, नगद चोरीको जोखिम कम हुने भएपनि इलेक्ट्रोनिक भुक्तानी विवरणहरु ह्याकिङ हुने सम्भावना बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here