काठमाडौं / सरकारले न्याय नदिए अन्तर्राष्ट्रिय अदालत जाने पटकपटक चेतावनी दिदै लामो समयदेखि संघर्षरत गंगामायाले संयुक्त राष्ट्र संघका लागि नेपालस्थित आवासीय संयोजक भ्यालेरी जुलियाण्डलाई भेट्ने भएकी छिन्।
छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाहीको माग गर्दै आएकी गंगामायाले आज पुलचोकस्थित संयुक्त राष्ट्रसंघकै कार्यालयमा पुगेर जुलियान्डलाई भेटेर आफ्नो न्यायका लागि सहयोग गरिदन आग्रह गर्ने भएकी छन्।
उनका समर्थकहरुका अनुसार उक्त भेटमा गंगामायाका कानूनी सल्लाहकार पनि साथमा रहने छन्।