आयल निगममा नयाँ कार्यकारी निर्देशक नियुक्त

110

काठमाडौं / आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी चार वर्षका लागि पौडेललाई नियुक्त गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल संयोजकत्वको छनोट समितिले शुक्रबार पौडेलसँगै अनिलकुमार झा र तारानाथ पौडेलको नाम सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले तीनमध्येबाट पौडेलको नाम छनोट गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here