सैनिक शासनको आवश्यकताका लागि पञ्चायन पुजा

208

-राकेश कुमार शर्मा (स्वतन्त्र नेपाली नागरिक)

विक्रम सम्वत २०७२ साल असोज ३ गते जारी संविधान मरिसकेको छ । संघीयता हाम्रो मुलुकका लागि घातक छ । प्रदेशको मुख्यमन्त्री ,मन्त्रीहरु र नगर प्रमुख(मेयर ) हरुलाई करोडौं को गाडी चढ्नलाई मात्र संघीयता हो र ? विक्रम सम्वत २०५२ साल देखि आजसम्म मुलुक संक्रमणकाल अवस्था बाट गुज्रिरहेकोे छ । पहिले ६०१ सभासदहरुले राष्ट्रको ढुकुटी रित्याए । अब ८८४ जना सांसदहरुले राष्ट्रको ढुकुटी रित्याएर राष्ट्रलाई बर्बाद पारे । संघीयताको नाममा राष्ट्रको ढुकुटी रित्याए है रित्याए । विक्रम सम्वत २०६२/०६३ साल पछि प्रधानमन्त्री , मन्त्री , सांसद र राजनीतिक दलका नेताहरुको कारण राष्ट्रको स्वाधीनता धरापमा परेको छ । यसकारण आज सैनिक शासनको आवश्यकताका लागि पांचायन पुजा गरेको हो । दण्डहिनताको अन्त्य गर्न, मनपरीतन्त्र र छाडातन्त्र आदि आदि जस्ता विकृतिहरु हटाउन राष्ट्रहित , जनहित र राष्ट्रको विकासको लागि बडामहाराजधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र शाह, श्री ३ जंग बहादुर राणा जस्ता सैनिकको आवश्यकता रहेकोे छ । प्रधानमन्त्री , मन्त्री , सांसद र राजनीतिक दलका नेताहरुले निकास नदिएर राष्ट्रलाई अनिर्णयको बन्दी बनाई रहेका छन । राष्ट्रको ढुकुटी रित्तो गर्न र ढुकुटी भागबन्डा लगाउन सत्तापक्ष र प्रतिपक्ष केहि पनि भन्दैनन् एक मत र एक ढिक्का हुन्छन् । राष्ट्रलाई निकास दिनुर्पयो भने सत्तापक्ष र प्रतिपक्ष भन्दछन । सबै अलग–अलग कित्तामा र फरक–फरक मत राख्छन् किन ? यसकारण दण्डहिनताको अन्त्य गर्न, मनपरीतन्त्र र छाडातन्त्र आदि आदि जस्ता विकृतिहरु हटाउन राष्ट्रहित र राष्ट्रको विकासको लागि बडामहाराजधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र शाह ,श्री ३ जंग बहादुर राणा जस्ता सैनिकको आवश्यकता रहेको छ । हाम्रो देश डुब्न लाग्यो सेना लौ न बचाई देउ । हाम्रो देश डुब्न लाग्यो सेना लौ न बचाई देउ । हाम्रो देश डुब्न लाग्यो सेना लौ न बचाई देउ ।

विक्रम सम्वत् २०६२/०६३ साल पछि प्रधानमन्त्रि, मन्त्रि, सभासद, साँसद र राजनितिक दलका नेताहरुको कारण मुलकको स्वाधिनता धरापमा परेको र राज्यकोष ढुकुटी दुरुपयोग भईरहेको छ । प्रधानमन्त्रि, मन्त्रि, सभासद, सांसद र राजनितिक दलका नेताहरुले लाज पचाए । विश्वकको एक मात्र हिन्दु राष्ट्र रहेको नेपाल हाम्रो मुलुक थियो । प्रधानमन्त्रि, मन्त्रि, नेताहरु र सभासद (सांसद) हरुले अर्बौ खर्बौ डलर खाएर हिन्दु राष्ट्रलाई हटाएर जर्बजस्ती धर्म निरपेक्षता लादे र पाँच वटा विकाश क्षेत्रबाट सात वटा प्रदेश बनाए । काठमाडौंको राजधानीलाई आजसम्म व्यवस्थित र व्यवस्थापन गर्न नसक्नेहरुले प्रदेश राजधानीको व्यवस्थापन कसरी गर्न सक्छन् ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here