बम्जन बन्द प्रशिक्षणमा रहनुभएकाले अहिले भेट्न नमिल्ने अनुयायीहरूको भनाइ

244

सिन्धुली / तपस्वी रामबहादुर बम्जनको आश्रमबाट बेपत्ता भएका र बलत्कारको समेत आरोप लागेपछि सिन्धुलीस्थित आश्रमबाट सोधपुछका लागि प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ ।

आश्रमबाट महात्मा गुरु भनिने इन्द्रबहादुर स्याङ्तानलाई सोधपुछका लागि ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वर यादवका अनुसार केही सोधपुछका लागि दुईजनालाई नियन्त्रणमा लिइएको हो। विस्तृत विवरण सोधपुछपछि थाहा हुने उनको भनाइ छ।

बोधीधर्म श्रवण संघका केन्द्रीय अध्यक्ष निलबहादुर थिङ्गका अनुसार तपस्वी बम्जन सिन्धुली आश्रममा नै रहेको र ठुलो क्षेत्र भएकाले कता बस्छन् भनेर आफूलाई समेत जानकारी नहुने जनाए। उनले छानबिनमा आफूहरुले सघाउने समेत जनाए। ठुलै शक्ति लागेर गुरुको बद्नाम गर्ने प्रपञ्च रचिएको र सबै कुरा समयले बाहिर ल्याउने उनको दाबी छ।

रामबहादुर बम्जनको सिन्धुलीको पैरै, सर्लाहीको पत्थरकोट र सिन्धुपाल्चोकमा मात्र आश्रम रहेको उहाँका अनुयायीले जनाएका थिए । सत्यको खोजीका लागि यस धर्ममा लागेको र आफूहरूले ज्ञान प्राप्त गरिरहेको उनीहरूको भनाइ थियो । गुरु बन्द प्रशिक्षणमा रहनुभएकाले बम्जनलाई अहिले भेट्न नमिल्ने उनीहरूले प्रहरीलाई जवाफ दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here