नेपालविरुद्ध सिरिज खेल्ने युएई टिमको घोषणा

82

काठमाडौं/नेपालविरुद्धको अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्नका लागि युएईले क्रिकेट टिमको घोषणा गरेको छ । नेपालविरुद्धको एक दिवसीय र टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्न युएईले बिहीबार मोहम्मद नाभिदको कप्तानीमा टिम घोषणा गरेको थियो । नियमित कप्तान रोहन मुस्तफा प्रतिबन्धमा परेका कारण कप्तानीको जिम्मा नाभिदलाई दिएको छ ।

कप्तान नाभिदसँगै टिममा उपकप्तान मोहम्मद उस्मान, अस्फक अहमद, चिराग सुरी, शैमन अनवार, मोहम्मद बोटा र घुलाम शबर रहेका छन् । त्यस्तै, इम्रन हैदर, ताहिर गुघद, अमिर हायत, जाहुर खान, क्वादिर अहमद, फहद नवाज, अब्दुर शाकुर, सुल्तान अहमद र सीपी रिजवान पनि टिममा समावेश भएका छन् ।

त्यस्तै गरी नेपाली क्रिकेट टिमको भने फाइनल टिम घोषणा भएको छैन बुधबारदेखि मात्रै अभ्यास थालेको नेपाली क्रिकेट टिममा अहिले २० जना खेलाडी क्लोज क्याम्पमा छन् । क्लोज क्याम्पपछि नेपाली टिमको घोषणा हुनेछ । नेपालले पहिलो एक दिवसीय खेल जनवरी २५ तारिखमा खेल्ने भएको छ । २६ तारिखमा दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने नेपालले सिरिजको अन्तिम खेल जनवरी २८ तारिखमा खेल्नेछ । एक दिवसीय सिरिज खेलिसकेपछि नेपालले टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्ने छ । नेपालले आफ्नो पहिलो टी–ट्वान्टी खेल जनवरी ३१ मा खेल्ने छ । त्यस्तै, दोस्रो फेब्रअरी एक र तीन फेब्रुअरीमा तेस्रो तथा अन्तिम टी–ट्वान्टी खेल खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here