नेपाली कामदार जापान लैजाने विषयमा छिट्टै सहमति

209

काठमाडौ, नेपाल र जापानबीचमा नेपाली कामदार जापान लैजाने विषयमा छिट्टै सहमति हुने भएको छ । नेपाल भ्रमणमा रहेका जापानका विदेश मन्त्री तारो कोनो र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबीचभएको दुई पक्षिय बैठकमा यस विषयमा छलफल भएको हो । भेटमा जापान सरकारले ल्याएको नयाँ अध्यागमन नीति अनुसार नेपाली श्रमिकहरु जापान पठाउने बिषयमा बिचारहरुको आदानप्रदान भएको मन्त्री ज्ञवालीले बताएका छन् ।
नयाँ ब्यबस्था अनुसार नेपाललाई एक श्रोत मुलुकको रुपमा समावेश गरेकोमा जापान सरकारलाई धन्यवाद दिएको ज्ञवालीले बताए साथै यस सम्बन्धी सहयोगपत्र जतिसक्दो छिटो सम्पन्न गर्न दुवै जना सहमत भएको उनले जानकारी दिए ं।
दुई पक्षिय भेटमा नेपाल र जापानबीच सन् १९९३ मा हस्ताक्षर गरिएको हवाई सेवा सम्झौता संशोधनका लागि पत्रहरुको आदानप्रदानमा हस्ताक्षर भएको छ । उक्त सम्झौताले दुई देशबीच सीधा उडान सन्चालन गर्न मार्ग प्रशस्त भएको छ । अब नेपाल र जापानबीच सिधा उडान हुनेछ । त्यस्तै नेपाल र जापानका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श बैठक आयोजना गर्ने सम्बन्धी सहयोगपत्रमा हस्ताक्षर भएको छ । यस सहयोगपत्रबाट दुवै देशहरुलाई सहयोगका कार्यविधिहरुमा छलफल गर्न, द्विपक्षीय सम्बन्धका सबै पक्षहरुको समीक्षा गर्न, सहयोगका नयाँ क्षेत्रहरु पहिचान गर्न तथा साझा चासोका क्षेत्रीय एवं अन्तरराष्ट्रिय बिषयहरुमा विचार आदानप्रदान गर्न एक मन्च प्राप्त हुनेछ ।
जतिसक्दो चाँडो अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने तथा सन् २०३० सम्म मध्यम आय भएको मुलुक बन्ने लक्ष्यमा सहयोग उपलब्ध गराउन जापान सहमत भएको छ ।
बैठकमा पूर्वाधार निर्माण, कनेक्टिभिटी तथा उर्जा क्षेत्रहरुमा द्विपक्षीय सहयोगका बारेमा छलफल गर्यौ। यसका साथै नेपालका प्राथमिकताका क्षेत्रहरुमा जापानी लगानी तथा आगामी मार्च २०१९ मा हुने लगानी सम्मेलनमा बढी भन्दा बढी जापानी लगानीकर्ता तथा उद्यमीहरुको सहभागिताका बारेमा समेत छलफल भएको छ । नेपाल भ्रमण बर्ष सफल बनाउनका लागि जापानमा नेपालको प्रचार प्रसार गर्न दुबै पक्षको संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here