भ्रष्टाचार र तस्करका विरुद्ध किन कारबाही नगर्ने ?

195

-हुकुमबहादुर सिंह

नेपालमा अहिले कम्युनिष्टलाई हरेक क्षेत्रबाट बदनाम गराउने रणनीतिका साथ स्थापित कम्युनिष्ट नामधारीहरूको नेतृत्वमा सरकार छ । त्यसैको ग्रायन्ड डिजाइनमा उनीहरू काम गरिरहेका छन् । भ्रष्टाचारलाई कसरी हुन्छ त्यसलाई संस्थागत गर्नका लागि लागेका प्रशस्त उदाहरणहरू छन् । भरखरै उनीहरूले वाइडबडी खरिद प्रकरणका भ्रष्टाचारीहरूलाई जोगाउन संसदमा र सरकारमा दुवैतर्फ षडयन्त्र गर्दैछन् । करिब ४ अरब ३५ करोड ५६ लाखको घोटालाको प्रमुखपात्र वायुसेवा निगमको महानिर्देशक सुगतरत्न कंसाकारमाथि नेकपा (क्रान्तिकारी माओवादी)को आव्हानमा युवालिगका सहासी युवाहरूको नेतृत्वमा उसकै कार्यकक्षमा दिउँसै उसको बदनाम अनुहारमा कालोमोसो धसेर यो सरकारको भ्रष्टाचारी अनुहारमा त्यसको सांकेतिक रूपमा कालो मोसो दलेको सन्देश दिएको छ । अहिले नेपालमा शासनमा रहेका र सरकारमा रहेर भ्रष्टाचारी तथा तस्करहरूबाट देशलाई बरबाद गराउन तम्सिएकाहरू तिनलाई कारबाहीको माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी)को प्रदेश ३ को आयोजनामा काठमाडौंको शान्तिबाटिकाबाट कालो झण्डा र कालो व्यानरसहित भव्य जुलुसको आयोजना गरी इन्द्रचोकमा आएर कोणसभाको सञ्चालन ग¥यो ।

यो भ्रष्ट सरकारका पुलिसहरूले एकाबिहानै युवालिगका सचिवालय सदस्य सुरेश तामाङलाई उनकै घरबाट गिरफ्तार गरी प्रहरी कष्टडीमा राखेको विरोधमा यो विरोधसभाको आयोजना गरिएको हो । उक्त सभामा पार्टीको ३ नम्बर प्रदेशका सचिव क.सागरले उक्त घटनामा नजोडिएका तामाङलाई प्रहरीले बिनाकारण गिरफ्तार गरेको भन्दै तुरुन्त रिहाइ नगरे त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार राज्यले लिन तयार रहनेसमेत चेतावनी दिनुभयो ।

यो देशमा कम्युनिष्ट नामधारी ओली र दाहालको सरकार बनेपछि भ्रष्टाचार, तष्करी, सामाजिक अपरभधका घटनाहरू बढ्दै गएका छन् । तर ती सबै अपराधहरूका विरुद्ध नेकपा (क्रान्तिकारी माओवादी) खडा भएको छ । र यी कामलाई राज्यलाई अपराध देख्छ भने यो सरकार अपराधीहरूको संरक्षण गर्ने सरकार हो भन्ने स्पष्ट हुन्छ ।

के सही हो भने कम्युनिष्टलाई नेपालमा जनताको नजरमा बदनाम गराउनका लागियो सरकार गठन गरिएको हो । यस्ता नामधारी कम्युनिष्ट सरकारका विरुद्ध लड्ने भनेको सारतः दलाल, तस्कर, भ्रष्टाचारी, सुदखोर र राष्ट्रघातीका विरुद्ध लड्नु हो । त्यसकारण आज देशका सबै इमान्दार देशभक्तहरू, मानवअधिकारीकर्मीहरू, नागरिक समाज भ्रष्टाचार विरोधी व्यक्ति तथा समूहका लागि अथवा आफूलाई माक्र्सवादी–लेनिनवादी–माओवादी भन्नेहरूका लागि नेपालमा एउटा क्यान्सरको रूपमा नेपालको हरेक क्षेत्रमा फैलिदै गएको र अहिले आएर वाइडबडी खरीद प्रकरणमा जनताको बिचमा उद्घाटित बन्न थालेको यो भ्रष्टाचारविरोधी अभियानमा सबैको संलग्नताको आवश्यकता छ ।

अहिले यो काण्डले एउटा अर्कोतत्थ्य के पनि स्पष्ट बनाएको छ भने संसदी यव्यवस्था भनेको भ्रष्टहरूको लागि आफैले खाने, आफ्ना आसेपासेलाई खुवाउने र ती दलाल तथा तस्करसित बसेर गफ गर्ने अखडा हो । यी दलालहरूले संसदीय व्यवस्थामा संसद भनेको सम्प्रभुता सम्पन्न हो यो निर्णय गर्न स्वतन्त्र छ भनेर भन्न थाक्दैनन् तर अहिले यो स्पष्ट बन्दैछ कि ओलीले संसदभित्रको लेखा समितिका निर्णयहरूलाई बेवास्ता गर्दै सरकारले वेग्लै छानबिन समिति बनाएर त्यसको रिपोर्टको आडमा मन्त्री तथा केही सचिवलाई उन्मुक्ति दिन थालेका छन् । दुईतिहाइको आडमा यो सरकारले भ्रष्टाचार तस्करी तथा माफियाहरूको जालो सिंहदरवारदेखि गाउ“टोलसम्म विस्तार गर्न लागेको स्पष्ट छ । त्यसकारण भ्रष्टाचारीको यो जोलो तोड्नका लािग नेकपा (क्रान्तिकारी माओवादी)को यो साहसिक पहलमा हातेमालेको आवश्यकता छ ।

सुगतरत्न कंसाकारमाथिको यो कारबाही त केवल सुरुवात हो । यस्ता सयौ भ्रष्टाचारीहरूको कारबाहीको लिस्ट पार्टीले तयार पारेको छ । नेकपा (क्रान्तिकारी माओवादी)को सम्पन्न केन्द्रीय समितिको बैठकले देशमा व्याप्त यी तमाम विकृतिहरूका विरुद्ध सशक्त प्रतिरोधपूर्ण कार्यहरू गर्ने र यो सरकारका विरुद्ध मात्रै नभई यो प्रतिक्रियावादी संविधानका विरुद्ध पनि सशक्त संघर्ष गर्दै नेपालमा जनगणतन्त्रको स्थापनालाई सुनिश्चित गर्दै जाने उद्घोष गरेको छ किनभने यी सबै विकृतिको मूलधार भनेको यो प्रतिक्रियावादी सत्ता र यो सञ्चालन गर्ने वर्तमान संविधान हो । र भ्रष्टाचार तथा तस्करका विरुद्ध नेकपा (क्रान्तिकारी माओवादी)को यो निरन्तर चल्ने अभियानले क्रमशः नेपालको जनताको सम्भावित विद्रोहलाई मद्दत गर्नेछ । [email protected]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here