कसैले म्याराथन दौड पूरा गर्न गरेनन्

176

म्याराथन धावकका लागि यो एउटा ठूलो परीक्षा नै भयो, विश्वकै सबैभन्दा चिसो मौसममा गरिएको दौड प्रतियोगिता ।

रसियाको ओमयाकन गाउँको याकुत्यामा भएको दौडमा बल्लतल्ल सहभागी भएका १६ जनामा कसैले पनि दौड पूरा गर्न असफल रह्यो ।

माइनस ६१ डिग्री फरेनहाइटदेखि माइनस ४८ डिग्री फरेनहाइटको तापक्रम भएका बेला दौडिएका धावकहरु हिउँले सेताम्मे भएर बीचमै रोकिएका थिए । दौडमा २१ देखि ७१ वर्षसम्मका धावकहरु सहभागी थियो ।

‘हामी माइनस ४५ डिग्री फरेनहाइटमा दौडने प्रयास गरिरहेका थियौं । धावकहरु असाध्यै कम तापक्रममा पनि दौडन सक्छन् भनेर देखाउन खोजेका थियौं’ रसियाका धावक एगर एब्रामोभले जनाए ।

यसवर्ष सबै रसियन धावकहरु सहभागी भएको प्रतियोगितामा आउने वर्ष अरु देशकालाई पनि सहभागी गराउने तयारी रहेको आयोजकले बताएका छन् । ‘अस्ट्रेलिया, ताइवान, जापान, भारतजस्ता देशबाट आउने पर्यटकले यहाँको मौसम बुझुन् र कति चिसोमा पनि दौडन सकिन्छ भनेर थाहा पाउन भन्ने लागेको छ’ अर्का धावक सार्गालाना न्युस्टोएभाले भने । ‘यस्तो खालको प्रतिस्पर्धा यो वर्ष पहिलोपटक आयोजना गरिएको हो । अर्को वर्ष पक्कै पनि हामी यसलाई निरन्तरता दिने छौँ । विश्वका सबै धावकहरुलाई स्वागत छ’ ७१ वर्षका भेट्रान धावक एगर प्रेम्याकोभले भने । एगर साढे दुई घण्टामा साढे नौ माइल दौडिएका थिए ।

सबैभन्दा युवा धावक २१ वर्षका इनोकेन्टे ओलेस्भोव एक घण्टा आठ मिनेटमा ६।२ माइल दौडिएपछि रोकिएका थिए ।

चार पटकका विश्व विजेता एवं चारै पटक युरोपियन म्याराथन जितेका धावक स्टेफेन लेटकिनले साढे १२ माइल दुई घण्टा २५ मिनेटमा पूरा गरेर रोकिएका थिए । रसियन साथै युरोपियन च्याम्पियन म्याराथन धावक भ्यालेन्टिना ड्रोग्युएभा साढे १५ माइल चार घण्टा दौडिएपछि रोकिएका थिए ।

यसअघि बेलायतमा माइनस २७।२ डिग्री फरेनहाइटमा म्याराथन दौड आयोजना गरिएको थियो । त्यसपछि यो नै सबैभन्दा चिसो मौसममा गरिएको दौड भए पनि यसपटक कसैले दौड पूरा गर्न भने सकेनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here