नेविसंघमा राजीनामाको लहर, पार्टी त्याग्दै विद्यार्थी नेताहरु

134

काठमाडौं / नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघ भित्र विवादको बढेको छ ।

नेविसंघका केन्द्रीय सदस्यहरु देखि पदाधिकारीसम्मकाले संघले निर्धारित समयमा महाधिवेशन गर्न नसेको भन्दै विवाद उत्कर्षमा पुगेपछि एकपछि अर्को समुह बनाउदै राजीनामा दिएका छन् ।

पार्टि सभापति शेरबहादुर देउवा समक्ष शुक्रबार नेविसंघका महामन्त्री सरोज थापासहित ७ जनाले राजीनामा दिएको भोलिपल्ट शनिबार सहमहामन्त्री हरीहर शर्मा र ललिता सुनारको नेतृत्वमा ४५ जनाले राजीनामा बुझाएका हुन्। शर्मा समुहले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल मार्फत राजीनामा बुझाएको नेबिका कार्यकर्ताहरुले जनाएका छन् ।

नेविसंघका अध्यक्ष नैनसिंह महरकै कारण नेविसंघले निर्धारित समयमा महाधिवेशन गर्न नसकेको जनाउँदै राजिनामा दिनेहरुले थपिएको ३ महिनामा पनि नेतृत्वले महाधिवेशन गर्न नसकेको आरोप लगाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here