प्रदेश २ मा मन्त्रीबाट सचिव कुटिए

113

जनकपुर / प्रदेश २ मा सचिवलाई आफ्नै मन्त्रीबाट कुटपिट गरिएको छ । मन्त्रीको कुटपिट गर्दा सचिवको अनुहार सुन्निएको छ। प्रदेश २ का आर्थिक मालिम तथा योजनामन्त्री विजय यादवले सचिवलाई कार्यकक्षमै बोलाएर झापड हानेका छन् ।

मन्त्री यादवले आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै सचिव विद्यानाथ झालाई कार्यकक्षमै बोलाएर कुटपिट गरेका हुन्। मन्त्री यादवकै निर्देशनमा प्रहरीले सचिवलाई पक्राउ गरेका छन् भने मन्त्री यादवले सचिवलाई कुटपिट गरेको अस्वीकार गरेका छन् । कार्यकक्षमा दुर्व्यवहार गरेपछि प्रहरीलाई खबर गरेको मन्त्रीको भनाइ छ।

‘आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै सभामुखकै अगाडि झापड हान्नुभयो’, सचिव झाले भने। सभामुख सरोजकुमार यादव मन्त्रीकै कार्यकक्षमा भए पनि सचिव झाले निक्कै कुटाइ खाएको देखिन्छ। मन्त्रीले कुटपिट गर्दा उनको अनुहार सुन्निएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here