समुदाय साझेदारी प्रहरी वडा समिति गठन

254

बारा / कलैया उप महानगरपालिकाको वडा नं. ९ मा एक कार्यक्रमका बीच समुदाय साझेदारी प्रहरी वडा समिति गठन गरिएको छ ।

स्थानीय महिलाहरूको उत्साहजनक सहभागितामा वडा नं. ९ का वडा अध्यक्ष डा. अख्तर आलम अंसारीको संयोजकत्वमा गठन भएको सो समितिको सह संयोजकमा अस्थायी प्रहरी पोष्ट बसपार्कका प्रमुख हरि प्रसाद भुसाल रहनु भएको छ भने वडा नंं ९ का वडादस्यहरू श्रीमति सुशीला देवी लोहारिन, भागमती देवी पासवान, महन्थ महतो, लक्षमण चौधरी चौहान सदस्य रहेको समाचारमा जनाइएको छ ।

त्यसैगरी समितिको सदस्य सचिवको जिम्मेवारी अस्थायी प्रहरी पोष्ट बसपार्कका प्रहरी हवल्दार सुदर्शन प्याकुरेलले पाउनु भएको छ भने आमा समुह -महिला समुह, वडा नं. ९ का सम्पतिया तुरहीन, सकिल अंसारी लगायत सदस्यहरू रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here